
टोकियो, जापानका नवनियुक्त प्रधानमन्त्री फुकिओ किशिदाले प्रधानमन्त्री पद सम्भालेकै दिन आम निर्वाचनको तयारी थालेका छन् ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार उनले देशको १००औँ प्रधानमन्त्रीमा नियुक्त भएपछि आयोजित पत्रकार सम्मेलनमा निर्वाचनको मिति घोषणा गर्ने तयारीमा रहेको जानकारी दिएका हुन् ।
उनले यहीँ अक्टोबर ३१ का दिन निर्वाचन गराउने तयारी गरेकाे जनाइएकाे छ । जापानको प्रतिनिधिसभाको म्याद यही अक्टोबर २१ देखि सकिन लागेको छ । त्यसैले उनले जिम्मेवारी सम्हाल्ने वित्तिकै निर्वाचनको तयारीमा लग्नुपरेको हो ।
यसैगरी निर्वाचन गराउनका लागि उनले यही अक्टोबर १४ तारिखका दिन तल्लो सदन विघटन गर्ने योजना पनि बनाएकाे बताइएको छ ।एजेन्सी






