October 28, 2021, Thursday
२०७८ कार्तिक ११, बिहीबार

कतारमा संसद् सदस्य चयनका लागि पहिलो पटक मतदान

काठमाडौं, कतारमा संसद् सदस्य चयनका लागि शनिबार पहिलो पटक मतदान भएको छ । संसदका कुल ४५ सिट मध्ये ३० सिटका लागि मतदान भएको हो भने अन्य १५ सिटमा राजाले नै मनोनीत गर्ने व्यवस्था रहेको छ ।

विश्लेषकहरूले भने निर्वाचनको नतिजा नयाँ नआउने अनुमान गरेका छन् । यसअघि सत्तामा र संसद्मा भएकाहरू नै फेरि निर्वाचित हुने अनुमान गरिएको छ । आवरणमा निर्वाचन लोकतान्त्रिक देखिए पनि शासकहरूबाट सत्ता र शक्ति बाहिर जाने संभावना न्यून रहेको छ ।

कतारका नागरिकहरू बिहानैदेखि मतदानका लागि मतदान केन्द्रहरूमा पुगेका र दर्ता अधिकारीसँग नाम दर्ता गरेर मतदान गरिरहेका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएको छ ।

यसैगरी मतदान केन्द्रमा अर्धपारदर्शी प्लाष्टिकका मत पेटिकाहरू राखिएका छन् भने सुरक्षाकर्मी तथा निर्वाचन अधिकृतहरु पनि पर्याप्त मात्रामा खटिएका छन् ।एजेन्सी

शीर्ष समाचार

धेरै पढिएको