October 25, 2021, Monday
२०७८ कार्तिक ८, सोमबार

हवाई उडान सुचारु गर्न भारतलाई तालिबानको आग्रह

काबुल, अग्फगानी तालिबान सरकारले अफगानिस्तान र भारतका बीचमा हुँदै आएको हवाई उडान सुचारु गर्न भारत सरकारसँग आग्रह गरेको छ ।

तालिबान सरकारका अधिकारीका अनुसार भारत सरकारलाई पत्र लेखेर यसअघिका सबै खालका हवाई उडानहरु सुचारु गरिदिन आग्रह गरेका हुन् ।

यसअघि भारतले अफगानिस्तानमा उडान गर्दै आएको थियो । तर अफगानिस्तानको सरकार तालिबानले सत्ता हात लिपछि गएको अगष्ट १५ पछि भारतले ती सबै उडान बन्द गरेको थियो ।

यसैगरी तालिबानहरुले अफगानिस्तानको सत्ता कब्जा गरेपछि अरु देशहरुले पनि यसरी हवाई उडान रोकेका थिए । तर पाकिस्तानले भने केही दिन अघिदेखि इस्लामावाद काबुल उडानलाई पुनः सञ्चालनमा ल्याएको छ ।एजेन्सी

शीर्ष समाचार

धेरै पढिएको