October 25, 2021, Monday
२०७८ कार्तिक ८, सोमबार

ट्युनिसियामा पहिलोपटक महिला प्रधानमन्त्री नियुक्त

ट्युनिस, ट्युनिसियाका राष्ट्रपति काइस सइदले नज्ला बौडेन रोमाधानेलाई प्रधानमन्त्रीमा नियुक्त गरेका छन् । विश्व बैंकमा कार्यरत युवा ईन्जिनियरको रुपमा परिचीत नज्ला देशकै पहिलो महिला प्रधानमन्त्री बनेकी हुन् ।

ट्युनिसियाको दशौं प्रधानमन्त्रीको रुपमा रोमाधानेले कार्यभार सम्हालेकी हुन् । दुई महिनाअघि कु को आरोप लागेका राष्ट्रपति सइदले अघिल्लो प्रधानमन्त्रीलाई बर्खास्त गर्दै नयाँ प्रधानमन्त्री नियुक्त गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएको छ ।

यसअघि नयाँ सरकार गठनका लागि सइदलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय दबाब व्यापक थियो । गत महीना प्रधानमन्त्री बर्खास्त गर्दै सइदले संसद पनि भंग गरेका थिए ।

शीर्ष समाचार

धेरै पढिएको