October 20, 2021, Wednesday
२०७८ कार्तिक ३, बुधबार

रुसी र टर्कीस् राष्ट्रपतिबीच भेटवार्ता: सैन्य, व्यापार तथा लगानीका विषयमा छलफल

काठमाडौं, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र टर्कीस् राष्ट्रपति रिसेप तैयप एर्डाेगानबीच भेटवार्ता भएको छ । उनीहरुले पछिल्ला वर्षहरुमा रुस र टर्कीले गरेका सहकार्यहरुका बारेमा कुराकानी भएको बताइएको छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार उनीहरुबीच पछिल्लो समयमा सिरियाल र लेबनानका विषयमा भएको सहकर्यका विषयमा कुराकानी भएको बताइएको छ ।

उनीहरुकाबीचमा भएको कुराकानीले आगामी दिनमा पनि सो सहकार्यले निरन्तरता पाउने सहमति भएको बताइएको छ । रुस र टर्कीको संयुक्त सैन्य समूहले पछिल्ला केही वर्षयता सिरियामा सहकार्य गरिरहेको छ ।

यसैगरी सिरियामा अतिवादीहरुका विरुद्धमा यी दुई देशबीचको सेनाले संयुक्त सैन्य कारबाही पनि गर्दै आएको छ ।

सिरियामा जारी रहेको सैन्य र अन्य सहकार्य सफल रहेको निष्कर्ष पनि दुई नेताहरुले निकालेका थिए । टर्कीस् राष्ट्रपति एर्डाेगानले रुसी राष्ट्रपति पुटिनसँग सैन्य, व्यापार तथा लगानीका अन्य विषयहरुमा पनि कुराकानी भएको बताएका थिए ।एजेन्सी

शीर्ष समाचार

धेरै पढिएको