October 20, 2021, Wednesday
२०७८ कार्तिक ३, बुधबार

जापानको सत्तारुढ दलको अध्यक्षमा किशिडा निर्वाचित

टोकियो, असोज १३ गते । जापानको सत्तारुढ दलको नयाँ अध्यक्षका रुपमा फुमिओ किशिडा निर्वाचित हुुनुभएको छ । लिaरल डेमोक्रयाटिक पार्टी (एलडीपी)को निर्वाचन समितिले बुधबार उहाँलाई निर्वाचित भएको घोषणा गरेको हो ।
जापानका पूर्व विदेशमन्त्री समेत रहनुभएका किशिडाले २५७ मत ल्याएर जित हासिल गर्नुभएको निर्वाचन समितिले जनाएको छ । उहाँका प्रतिस्पर्धी तारो कोनोले भने १७० मत ल्याउनुभएको थियो ।

नवनिर्वाचित अध्यक्ष किशिडा पार्टीको संसदीय दलको अध्यक्षमा समेत निर्वाचत भइ प्रधानमन्त्री समेत हुने सम्भावना छ । आगामी अक्टोबर ४ तारिखका दिन उहाँ प्रधानमन्त्रीमा निर्वाचित हुने देखिएको अधिकारीहरुले जनाएका छन् । उहाँले वर्तमान प्रधानमन्त्री योशिहिडे सुगालाई विस्थापित गर्नुहुनेछ । सुगाले पार्टी अध्यक्षमा उम्मेदवारी नदिएपछि किशिडाले निर्वाचित हुने मौका पाउनुभएको हो ।

सरकारलाई प्रभावकारी रुपमा सञ्चालन गर्न नसकेको र कोरोनाभाइरसको महामारीको सन्तोषजनक व्यवस्थापन गर्न नसकेको भन्दै आलोचना भएपछि सुगाले प्रधानमन्त्रीबाट आफैं पछि हट्ने निर्णय गर्नुभएको हो । उहाँ प्रधानमन्त्री भएको झण्डै एक बर्षमै बिदा हुन लाग्नुभएको छ ।

नवनिर्वाचित अध्यक्ष किशिडा अहिले ६४ वर्षको हुनुभएको छ । उहाँको जन्म टोकियोकै शिबुया सहरमा भएको हो । सन् १९९३ देखि प्रतिनिधि सभाको सदस्य रहदै आउनुभएको छ । सन् २०१२ देखि २०१७ सम्म विदेशमन्त्री बन्नुभएका किशिडा आफ्नो पार्टीको नीति अनुसन्धान परिषद्को अध्यक्ष पनि हुुनभएको थियो । जापानको राजनीतिक परिवारका सदस्य किशिडाका बुवा र हजुर बुवा समेत प्रतिनिधि सभाको सदस्य हुनुहुन्थ्यो ।

शीर्ष समाचार

धेरै पढिएको