October 19, 2021, Tuesday
२०७८ कार्तिक २, मंगलवार

उत्तर कोरियाद्वारा फेरि आणविक क्षेप्यास्त्र प्रहार

काठमाडौं, उत्तर कोरियाले फेरि अर्को आणविक क्षेप्यास्त्र प्रहार गरेको छ । उत्तरले ह्वासङ–८ नाम गरेको नयाँ आणविक क्षेप्यास्त्र प्रहार गरेको जनाएको छ ।

त्यहाँका सरकारी सञ्चारमाध्यमका अनुसार उत्तरले प्रहार गरेकोे क्षेप्यास्त्र जापानको समुद्रमा खसेको थियो । उत्तरले सोमवार पनि एउटा क्षेप्यास्त्र प्रहार गरेको थियो ।

परीक्षण गरिएको नयाँ क्षेप्यास्त्रलाई उत्तरले रणनीतिक हतियार बताएको छ । यस्ता क्षेप्यास्त्रमा आणविक अस्त्र ‘फिट’ गर्न मिल्छ ।

यसैगरी प्रतिबन्धबीच उत्तरले एकपछि अर्को आणविक अस्त्र परीक्षण गरिरहेको छ । उसले यसै महिना तेस्रो मिसाईल परीक्षण गरेको थियो । उत्तरले नयाँ प्रकारको क्रुज मिसाईल र नयाँ व्यालिष्टिक मिसाइल प्रणाली यसअघि नै सार्वजनिक गरिसकेको छ ।

गत जनवरीमा उत्तर कोरियाली नेता किम जोङ उनले आवाजबाट चल्ने हतियार विकास गर्न लागेको बताएका थिए । आफ्नो एक सम्बोधनमा उनले उत्तरले विकसित गर्न चाहेका अन्य अत्याधुनिक हतियारको नामसमेत सार्वजनिक गरेका थिए । एजेन्सी

शीर्ष समाचार

धेरै पढिएको