October 20, 2021, Wednesday
२०७८ कार्तिक ३, बुधबार

अमेरिकी राष्ट्रपति बाइडेनले न्यायाधिवक्ताहरु मनोनयन गर्दै

वासिङ्टन, अमेरिकी राष्ट्रपति जो बाइडेनले देशभर न्यायाधिवक्ताको कार्यालय सञ्चालनका लागि नौ वकिललाई मनोनयन गर्ने भएका छन् । उच्च कानूनी पदमा मनोनयनका लागि विविध समूहबाट समावेशीरूपमा उमेद्वार छनोट अन्तिम चरणमा प्रवेश गरेको बताइएको छ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार ह्वाइट हाउसले मंगलबार घोषणा गरेको नामअनुसार ती उमेद्वारहरूले हवाई, रोड आइल्याण्ड, उत्तरी क्यारोलिना, कोलोराडो, ओहायो, भर्मन्ट र युएस भर्जिन टापुहरूमा संघीय अभियोजकको कार्यालयहरू सञ्चालन गर्ने अपेक्षा गरिएको छ ।

यसैगरी न्याय विभागका ९३ न्यायाधिवक्ताहरू संघीयस्तरमा आपाराधिक कार्यको अभियोजनका लागि सम्बन्धित जिल्लाहरूमा जिम्मेवार हुनेछन् । जसबाट बाइडेन प्रशासनलाई केन्द्रमा अपराध नियन्त्रणका लागि सहयोगी हुनेछ ।एजेन्सी

शीर्ष समाचार

धेरै पढिएको