October 25, 2021, Monday
२०७८ कार्तिक ८, सोमबार

राष्ट्रसंघको ४८ औं मानवअधिकार सभा: चिनको आन्तरिक ममलामा ६५ देशको समर्थन

A picture taken on June 26, 2019 shows a general view of the United Nations Human Rights Council room during a debate on the report of (UN) special rapporteur on extrajudicial, summary or arbitrary executions of the killing of Saudi journalist Jamal Khashoggi in Geneva. (Photo by FABRICE COFFRINI / AFP)

बेइजिङ, पाकिस्तानसहित विश्वका करिब ६५ मुलुकले संयुक्त विज्ञप्ति जारी गर्दै चीनको समर्थन जनाएका छन् । उक्त देशहरुले संयुक्त राष्ट्रसंघको ४८ औं मानवअधिकार आयोग सभामा चीनको आन्तरिक मामिलाको समर्थन जनाएका हुन् । 

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार संयुक्तरुपमा जारी सो विज्ञप्तिमार्फत चीनको आन्तरिक मामिलामा आफूहरुले सम्मान प्रकट गर्दै बाह्य हस्तक्षेपको विरोध जनाएका छन् ।

सार्वभौमसत्ता, स्वतन्त्रता र क्षेत्रीय अखण्डताको सम्मानमा जोड दिँदै चीनको आन्तरिक मामिलामा बाह्य मुलुकको हस्तक्षप नुहुनुपर्ने सो विज्ञप्तिमा उल्लेख छ । 

चीनले हङकङको प्रशासनिक क्षेत्रमा लागू गरेको ‘एक देश, दुई प्रणाली’को दोहोर्‍याएर समर्थन जनाउँदै संयुक्त विज्ञप्तिमा भनिएको छ,‘राज्य हङकङ, सिन्जियाङ र तिब्बत आदीसँग सम्बन्धित मुद्दा चीनको आन्तरिक मामिलाका विषयहरु हुन् । त्यसमा बाह्य हस्तक्षेप हुनुहुँदैन।’ 

शीर्ष समाचार

धेरै पढिएको