October 28, 2021, Thursday
२०७८ कार्तिक ११, बिहीबार

भारतीय प्रधानमन्त्री मोदी र जापानी समकक्षी सुगाबीच भेटवार्ता

काठमाडौं, भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र जापानी समकक्षी योशिहिदे सुगाबीच भेटवार्ता भएको छ ।प्रधानमन्त्री सुगाले हालै पदभार ग्रहण गरेपछि प्रधानमन्त्री मोदीसँग यो पहिलो व्यक्तिगत भेटवार्ता हो ।

उक्त भेटमा दुई देशबीचको बहुआयामिक सम्बन्धको समीक्षा गर्दै अफगानिस्तानसहित हालैको वैश्विक र क्षेत्रीय घटनाक्रमको बारेमा छलफल भएको छ ।

सोही अवसरमा दुई नेताले स्वतन्त्र, खुला र समावेशी हिन्द–प्रशान्त क्षेत्रप्रति आ–आफ्नो प्रतिबद्धता दोहोर्याएका छन् ।

सो अवसरमा दुबै प्रधानमन्त्रीले मुम्बई–अहमदाबाद हाई स्पीड रेल (MAHSR) परियोजनाको शुरुवात र समयमै यसको कार्यान्वयनका लागि आ–आफ्नो तर्फबाट प्रतिबद्धता जनाउनुभएको छ।

दुई नेता बीचको बैठक क्वाड को पहिलो शिखर सम्मेलनको एक दिन अगाडि भएको हो । यो संयन्त्र अष्ट्रेलिया, भारत, जापान र संयुक्त राज्य अमेरिकाबीच चारपक्षीय सहयोगसँग सम्बन्धित छ ।

विदेश मन्त्रालयका अनुसार उहाँहरूबीच रक्षा उपकरण र प्रविधिको क्षेत्र सहित द्विपक्षीय सुरक्षा र रक्षा सहयोग बढाउने बारे सहमति जुटेको छ ।एजेन्सी

शीर्ष समाचार

धेरै पढिएको