October 28, 2021, Thursday
२०७८ कार्तिक ११, बिहीबार

अमेरिकी राष्ट्रपति बाइडेन र बेलायती प्रधानमन्त्री जोन्सनबीच भेटवार्ता

वासिङ्टन, अमेरिकी राष्ट्रपति जो बाइडेन र बेलायती प्रधानमन्त्री बोरिस जोन्सनबीच ह्वाइट हाउसमा भेटवार्ता भएको छ ।

उनिहरुबीच जलवायु परिवर्तन र अष्ट्रेलियासंगको पनडुब्बी सम्झौता बारे कुराकानी केन्द्रित रहेको बताइएको छ ।

वार्ता अघि बाइडेनले बेलायती प्रधानमन्त्री जोन्सनसँग व्यापारका विषयमा पनि कुराकानी हुने बताएका थिए भने उनले विकासोन्मुख मुलुकका लागि जलवायु क्षेत्रका लागि दिइंदै आएको सहयोग दोब्बर गर्ने बताइसकेका छन् ।

यूरोपियन यूनियनबाट बेलायत अलग भएपछि उत्तरी आयरल्याण्डसँगको शान्ति प्रक्रिया नबिगार्न समेत बाइडेनले चेतावनी दिएका थिए ।एजेन्सी