October 20, 2021, Wednesday
२०७८ कार्तिक ३, बुधबार

अफगानिस्तानमा छात्रालाई जतिसक्दो जाडो विद्यालय फर्काइने तालिवानको दाबी

काबुल, अफगानिस्तानका छात्रालाई जतिसक्दो छिटो विद्यालय फर्किने वातावरण बनाउने तालिवानले जनाएको छ । तालिवानले छात्रालाई विद्यालय नबोलाइएको भन्दै छात्राहरुले गुनासो गरेपछि तालिबानले उनीहरुलाई चाडै विद्यालय बोलाउने स्पष्ट पारेको हो ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार शिक्षा मन्त्रालयले छात्र र पुरुष शिक्षकहरुलाई मात्रै विद्यालय आउन सूचना जारी गरेपछि शिक्षिका र छात्राहरुले चिन्ता व्यक्त गरेका थिए ।

मन्त्रालयले आइतबारदेखि लागू हुनेगरी कक्षा ७ देखि १२ सम्मका छात्र र पुरुष शिक्षकहरुलाई मात्रै विद्यालय जान सूचना जारी गरेको थियो ।

सूचनामा हजारौँ छात्राको पढाई तथा भविश्यका बारेमा केही उल्लेख नगरिएको भन्दै शिक्षिका तथा छात्राले आफूहरुलाई पनि विद्यालय जान पाउने व्यवस्था गर्न माग गरेका थिए ।

विद्यालय जान नपाउँदा आफूहरुको आम्दानी गुमेकाले आफूहरु परिवारमा निर्भर हुनु पर्दा पीडा महसूस भइरहेको समेत शिक्षिकाहरुले बताएका छन् ।एजेन्सी

शीर्ष समाचार

धेरै पढिएको