October 28, 2021, Thursday
२०७८ कार्तिक ११, बिहीबार

अमेरिकी राष्ट्रपति बाइडेन र संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता

वासिङ्टन, अमेरिकी राष्ट्रपति जो बाइडेन र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच भेटवार्ता भएको छ । अमेरिकी राष्ट्रपति निवास ह्वाइट हाउस सोमबार उनिहरुबीच भेटवार्ता भएको हो ।

ह्वाइट हाउसले जारी गरेको स्टेटमेन्टमा लेखिएको छ, ‘उनीहरुबीच अमेरिका र संयुक्त राष्ट्रसंघ थप प्रगाढ बनाउन विषयमा छलफल भएको छ । मानव अधिकार, अन्तराष्ट्रिय कानूनलाई मध्यनजर गरी उनीहरुबीच छलफल भएको छ ।’

कोरोना महामारीलाई परास्त गर्न संयुक्त रुपमा लाग्ने साथै अगामी दिनमा हुने संकटबाट लड्न र जलवायू परिवर्तनको विषयमा समेत छलफल भएको बताइएको छ ।एजेन्सी

शीर्ष समाचार

धेरै पढिएको