October 28, 2021, Thursday
२०७८ कार्तिक ११, बिहीबार

चीनको एक आवासीय भवनमा आगलागी हुँदा पाँच जनाको मृत्यु

बेइजिङ, चीनमा एक आवासीय भवनमा आगलागी हुँदा पाँच जनाको मृत्यु भएको छ । केन्द्रीय राजधानी बेइजिङ्मै रहेको एउटा घरमा आगलागी भएको हो ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार घटनास्थलबाट उद्धारकर्ताहरूले पाँच जनाको शव निकालिएको जनाएका छन् । आगलागी भएको थाहा पाउने वित्तिकै आफुहरू घटनास्थलमा पुगेको उद्धारकर्ताहरूको भनाइ छ ।

विद्युतीय साइकलमा चार्ज गर्नेक्रममा आगलागी भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको उद्धारकर्ताहरूले जानकारी दिएका छन् ।एजेन्सी

शीर्ष समाचार

धेरै पढिएको