October 25, 2021, Monday
२०७८ कार्तिक ८, सोमबार

अफगानिस्तानको सहायता मिसन अनमिनलाई छ महिना थप गरिने 

काबुल, संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्ले अफगानिस्तानमा रहेको सहायता मिसन अनमिनलाई छ महिना थप गर्ने निर्णय गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएको छ ।

गत महिना तालिवानीले अफगानिस्तान नियन्त्रणमा लिएसँगै थप अनिश्चितता र अस्थिरतातर्फ गएको भन्दै १५ सदस्यीय राष्ट्रसंघीय सुरक्षा परिषद्ले अनमिनको अफगानिस्तान मिसनको म्याद थप गरेको हो ।

यसैगरी राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसलाई सन् २०२२ को जनवरी अन्त्यसम्म अनमिन मिशनलाई अफगानिस्तानमा काम गर्न अनुमति दिइएको बताएका छन्  । अनमिनलाई हालको राजनीतिक, सुरक्षा र सामाजिक घटनाक्रमहरुको अनुगमनको कामलाई निरन्तरता दिन छ महिनाको म्याद थप गरिएको उनले बताए ।एजेन्सी

शीर्ष समाचार

धेरै पढिएको