October 20, 2021, Wednesday
२०७८ कार्तिक ३, बुधबार

जापानमा आँधीका कारण कम्तीमा पाँच जना घाइते, ४९ उडान रद्द

टोकियो, आँधीका कारण जापानमा ४९ उडान रद्ध भएका छन् । चान्थुमा आएको आँधीका कारण कम्तीमा पाँच जना घाइते भएका छन् ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको अधिकारीहरूले जनाएका छन् ।

यसैगरी जापानको दक्षिणपश्चिमी क्षेत्रका उडान रद्ध भएको स्थानीय सञ्चार माध्यमहरूले शनिबार समाचार सम्प्रेषण गरेका छन् । आँधीले नागासाकी, फुकुओका, सागा लगायतका क्षेत्रमा असर पारेको पनि सरकारी अधिकारीहरूले जानकारी दिएका छन् ।

आँधी प्रति सेकेण्ड ३० मीटरको गतिमा आएको थियो । जापानमा आँधी, भूकम्पलगायतका प्राकृतिक प्रकोपका कारण बर्षेनी धनजनको ठूलो क्षति हुने गरेको छ ।एजेन्सी

शीर्ष समाचार

धेरै पढिएको