April 20, 2024, Saturday
२०८१ बैशाख ८, शनिबार

अफगानिस्तानमा खुल्न थाले विद्यालय

काबुल, तालिबानी विद्रोहीले राजधानी काबुलमा कब्जा जमाएपछि बन्द रहेका विद्यालय करीब एक महिनापछि खुल्न थालेका छन् ।

शिक्षामन्त्रालयले दिएको जानकारी अनुसार छात्रहरूले अध्ययन गर्ने माध्यमिक, उच्च माध्यमिक र धार्मिक विद्यालय (मदरासा) हरू शनिबारदेखि सञ्चालनमा आएका छन् ।

मन्त्रालयले सरकारी तथा निजी दुवै विद्यालयका छात्रहरू र पुरुष शिक्षकहरूलाई शनिबारदेखि नियमित अध्ययन-अध्यापनमा फर्किन आग्रह गरेको छ । त्यहाँका प्राथमिक विद्यालय अघिल्लो हप्तादेखि सञ्चालनमा आएका छन् भने सकारी विश्वविद्यालय भने बन्द छन् ।एजेन्सी

शीर्ष समाचार

धेरै पढिएको