October 19, 2021, Tuesday
२०७८ कार्तिक २, मंगलवार

कोरोनाबाट मृत्यु हुनेको सम्झनामा अमेरिकामा ६ लाख ५० हजार सेतो झण्डा गाडियो

वासिङ्टन, कोरोना संक्रमणबाट मृत्यु भएकाको सम्झनामा ६ लाखभन्दा बढी सेतो झण्डा गाडिएको छ । कोरोना संक्रमणबाट मृत्यु भएका अमेरिकी नागरिकको सम्झनामा वासिङटननजिकै नेसनल मलको अगाडि शुक्रबार ६ लाख ५० हजार सेतो झण्डा गाडिएको हो ।

अमेरिकी सञ्चारमाध्यमका अनुसार ‘इन अमेरिकाः रिमेम्बर’ झण्डा गाड्ने कार्यक्रम डिसी कलाकार सुजेन ब्रेनान फस्र्टेनवर्गले आयोजना गरेका हुन । कोभिडका कारण मृत्यु हुनेको सम्झनामा शुक्रबार प्रदर्शन गरिएको सो सेतो झण्डा अक्टोबर ३ सम्म देखाइने बताइएको छ ।

यसैगरी सेतो झण्डा २० वर्ग स्क्वायर क्षेत्रफलमा गाडिएको छ । सो झन्डा वासिङटन मोनुमेन्ट र नेसनल म्युजियम अफ अफ्रिकन अमेरिकन हिस्ट्री एण्ड कल्चरमा समेत प्रदर्शन गरिने बताइएको छ । एजेन्सी

शीर्ष समाचार

धेरै पढिएको