
काठमाडौं, न्युन आय भएका राष्ट्रलाई २० करोड डोज कोरोना भाइरसविरुद्धको खोप सहयोग गर्ने युरोपेली संघले जनाएको छ ।
युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन डेर लेयनले २० करोड खोप प्रदान गर्ने प्रतिवद्धता गरिएको जानकारी दिइन् । युरोपेली संसदको बैठकमा उनले गरिव राष्ट्रहरुलाई थप २० करोड खोप उपलब्ध गराउने निर्णय गरेको बताएकी हुन् ।
खोप सन् २०२२ को मध्यसम्ममा उपलब्ध हुनसक्ने उनले जानकारी दिइन् । संघको यो योजनालाई सहयोग गर्नसमेत उनले आह्वान गरेकी छन् ।
गरिब देशहरुलाई यसरी गरिने सहयोग विश्व स्वास्थ्यकै लागि योगदान र लगानीको रुपमा लिनुपर्ने उनको भनाइ छ । एजेन्सी






