
इस्लामबाद, पाकिस्तानमा भिषण वर्षाका कारण कम्तीमा १२ जनाको ज्यान गएको समाचारमा जनाइएको छ । पाकिस्तानको उत्तरपश्चिमी प्रान्त खैबर पाक्थुन्क्वामा भिषण मात्रामा वर्षा भएको हो ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार गत शनिबारदेखि निरन्तर पानी परिरहेको अधिकारीहरुले जनाएका छन् । वर्षापछि पहिरो गएको र त्यसमा केही घर पनि बगेका जनाइएको छ ।
उद्धारको काममा खटेका त्यहाँका अधिकारीहरुले त्यहाँ भएको क्षतिको पूर्ण विवरण आउन नसकेको बताएका छन् भने वर्षाका कारण अहिलेसम्म १२ जनाको ज्यान गएको पनि बताएका छन् ।
एकै ठाउँमा निकै ठूलो वर्षा भएको र सो वर्षा निरन्तर रहेपछि बाढी र पहिरो आएको बताइएको छ । कतिपय बगेका घरमा परेर मानिसको निधन भएको अनुमान गरिएको छ भने, केही घाइते भएकाहरुलाई अस्पताल भर्ना गरिएको बताइएको छ ।एजेन्सी






