
किरकुक, उत्तरी इराकमा सुरक्षाकर्मीको कारबाहीमा परि चार जना इस्लामिक स्टेट (आईएस)का आतङ्ककारी मारिएका छन् । इराकको किरकुक शहरमा सुरक्षाकर्मीले खोज तलास गर्ने क्रममा मुठभेड भएको हो ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार इराकी सेना र आतङ्क प्रतिरोध सेवा(सीटीएस)को संयुक्त कारबाही किरकुक प्रान्तको अल्तुन कुप्री शहरमा सञ्चालन गरिएको हो । उक्त शहर किरकुकको प्रान्तीय राजधानीभन्दा ४० किलोमिटर उत्तरमा पर्छ ।
यसैगरी संघीय प्रहरी चौकीमाथि आईएसले आत्मघाती आक्रमण गरेको दुई दिनपछि सेनाले संयुक्त कारबाही चलाएको हो । एजेन्सी






