
अकापुल्को, दक्षिणपश्चिम मेक्सिकोमा एकापुल्को समुद्री तट रिसोर्ट नजिकै मंगलबार राति शक्तिशाली भूकम्प गएको छ । जसका कारण ठुला ढुङ्गा खसेकोले भवनहरु क्षतिग्रस्त भएका छन् । यद्यपि तत्काल भने हताहत भएको कुनै खबर छैन
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार उक्त भुकम्प ७.० म्याग्निच्युड मापन गरिएको छ । सो भुकम्प अकापुल्को, ग्युरेरो रिसोर्टको ११ माईल उत्तर पूर्व गएको थियो । बुकम्पका कारण अकापुल्को आसपासका रूखहरु ढलेको र सडकमा ठूला ढु्गाहरु थुप्रिएको बताइएको छ ।
मेक्सिकोका राष्ट्रपति एन्ड्रेस म्यानुएल लोपेज ओब्राडोरले भूकम्पले अकापुल्कोको गृह राज्य गुरेरो वा ओक्साका वा मेक्सिको सिटीको छिमेकी क्षेत्रमा ठूलो क्षति नपुर्याएको बताएका छन् ।
उनले भने, “सौभाग्यबस त्यहाँ कुनै गम्भीर क्षति भएको छैन । हामीसंग अहिले सम्म मानवीय क्षतिबारे कुनै जानकारी छैन।” अकापुल्को मेक्सिको सिटीबाट लगभग २३० माईल टाढा छ ।






