
काठमाडौं, क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोमाथि प्रदर्शनकारीहरूले ढुङ्गा प्रहार गरेका छन् । चुनावी –यालीमा जुटेका बेला ट्रुडोमाथि ढुङ्गा प्रहार भएको हो । उनलाई कुनै चोट भने नलागेको बताइएको छ ।
प्रधानमन्त्री जस्टिनले आफुलाई सन् २०१६ मा एक महिलाले फर्सीको बिउ प्रहार गरेको घटनालाई स्मरण गरेका थिए । उनले सामाजिक सञ्जाल ट्वीटरमा भनेका छन्,‘राजनीतिक हिंसा कहिल्यै सही हुन सक्दैन र दबाब, दुर्व्यवहार र हिंसाबाट हाम्रो मिडिया स्वतन्त्र हुनुपर्छ’।
आफ्नो पार्टीको बहुमतको सरकार बनाउने आशा राखेर उनले केही दिन अघिमात्रै चुनाव घोषणा गरेका थिए । एजेन्सी






