
बेइजिङ, छिमेकी मुलुक चीनको पिशान काउन्टिको सिञ्ज्याङ्गमा शनिबार भूकम्प गएको छ । आज बिहान ५.१ रिक्टेर स्केलको भूकम्प गएको हाे ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार जमीनबाट सात किलोमिटर मुनि भूकम्पको गहिराइ मापन गरिएको छ । भूकम्प जानु अघि कश्गर र होटन क्षेत्रमा सामान्य धक्का महसुस गरिएको थियो ।
हालसम्म भूकम्पको कुनै मानवीय वा भौतिक क्षति दर्ता नगरिएको बताइएको छ ।एजेन्सी






