September 20, 2021, Monday
२०७८ आश्विन ४, सोमबार

बेलायतद्वारा म्यानमारमाथि प्रतिबन्ध

बेलायत, बेलायत सरकारले म्यानमारमाथि नयाँ प्रतिबन्ध लगाएको छ । बेलायतले म्यानमारको जुन्ता सरकारको प्रमुख व्यापार साझेधार कम्पनी होतु ग्रुप र त्यसका संस्थापक ते जामाथि प्रतिबन्ध लगाएको हो ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार संस्थापक जाले सेनाको जुन्ता सरकारलाइ हतियार उपलब्ध गराउन सम्झौता गरेको बेलायतको आरोप छ ।

म्यानमारका अल्पसंख्यक रोहिन्जा समुदाय दमन गर्न उक्त समूहले सन् २०१७ मा हतियार उपलब्ध गराएको पनि बेलायतको आरोप छ । सेनाको दमनका कारण लाखौं रोहिन्जाले देश छोडेर बंगलादेश पुगेका थिए ।

गत फेब्रुवरीमा सेनाले ‘कू’ गरेपछि बेलायतले म्यानमारका निश्चित व्यक्ति र कम्पनीमाथि प्रतिबन्ध लगाएको थियो ।एजेन्सी

शीर्ष समाचार

धेरै पढिएको