September 20, 2021, Monday
२०७८ आश्विन ४, सोमबार

पञ्जशीर नियन्त्रणमा लिन तालिबानले ११ सुरक्षा चौकी नष्ट गरि ३४ जना मारे

काठमाडौं, भदौ १७ गते । तालिबानले पञ्जशीर नियन्त्रणमा लिन अवरोध गर्ने ३४ जनाको आक्रमणमा मृत्यु भएको जनाएको छ । पञ्जशीर प्रान्त कब्जा गर्ने अभियानमा अवरोध मानिएको ११ सुरक्षा चौकी नष्ट गरिएको र ३४ जनाको आक्रमणमा मृत्यु भएको तालिबानले जनाएको छ ।

समाचार संस्था एएनआईले तालिबानका प्रवक्ता जबिहुल्लाह मुजाहिदलाई उद्धृत गर्दै पञ्जशीर नियन्त्रणमा लिने क्रममा आक्रमण गर्नुपरेको उल्लेख गरेको छ । पञ्जशीर शान्तीपूर्ण हस्तान्तरणका लागि नेता अहमद मस्सौदसँगको वार्ताको असफलतापछि पछिल्लो घटनाक्रम भएको हो । आक्रमणमा दुई जना प्रमुख कमाण्डरको समेत मृत्यु भएको तालिबानले जनाएको छ ।

काबुल नियन्त्रणमा लिएपछि तालिबानले आफ्नो कब्जा बाहिर रहेको एक मात्र प्रान्त पञ्जशीर नियन्त्रणमा लिन अगाडि बढेको छ । तालिबानले पञ्जशीरको मुख्य राजमार्गमा आफूहरु पुगेको बताउँदै शितल जिल्ला समेत नियन्त्रणमा आएको जानकारी साझा गरेको छ ।

शीर्ष समाचार

धेरै पढिएको