September 20, 2021, Monday
२०७८ आश्विन ४, सोमबार

अष्ट्रेलियामा थप एक हजार ४७७ जनामा कोरोना संक्रमण

सिड्नी, अष्ट्रेलियामा बुधबार थप एक हजार ४७७ जना नयाँ सङ्क्रमित थपिएका छन् । हाल अष्ट्रेलिया कोरोना संक्रमणको तेस्रो लहरको सामना गर्दैछ । अष्ट्रेलियामा कोरोनाका सक्रिय सङ्क्रमितको संख्या २१ हजार पुगेको छ ।

यसैगरी अष्ट्रेलियामा हालसम्म दुई करोड ब्यक्तिमा कोभिड १९ बिरुद्धको खोप लगाइएको छ । स्वास्थ्य मन्त्री ग्रेग हन्टका अनुसार १६ वर्ष र माथिका ३६.४ प्रतिशत ब्यक्ति कोभिड १९ बिरुद्धको पूर्ण खोप लगाइसकेको छ ।

अष्ट्रेलियामा सङ्क्रमितको संख्या दिनहुँ बढिरहँदा प्रमुख मेडिकल अधिकृत पौल केलीले भने अष्ट्रेलियाले भाइरससँगै बाँच्न सिक्नुपर्ने प्रतिक्रिया दिएका छन् ।एजेन्सी

शीर्ष समाचार

धेरै पढिएको