September 20, 2021, Monday
२०७८ आश्विन ४, सोमबार

जापानमा तत्काल संसद् विघटन नहुने

टोकियो, जापानका प्रधानमन्त्री यासिहिदे सुगाले अहिले नै जापानको संसद्को तल्लोसभा हाउस अफ रिप्रेजेन्टेटिभ विघटन नहुने बताएका छन् ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार बुधबार राजधानी टोकियोमा आयोजित एक कार्यक्रमकाबीच प्रधानमन्त्री सुगाले संसद्को तल्लोसभा हाउस  विघटन नहुने जानकारी दिएका हुन् ।

यसैगरी जापानमा पछिल्लो समयमा कोरोना सङ्क्रमण बढ्दै गएको र यसका कारण राजनीतिक दल र नागरिकले पनि सरकारको विरोध गर्ने गरेका छन् । 

त्यहाँका विभिन्न विपक्षी राजनीतिक दलले यही कारणले संसद्को विघटन पनि हुनसक्ने बताएका थिए । दलको यही आशङ्काका बीचमा प्रधानमन्त्री सुगाले संसद् विघटनको कार्यक्रम नरहेको स्पष्ट पारेका छन्। 

शीर्ष समाचार

धेरै पढिएको