September 20, 2021, Monday
२०७८ आश्विन ४, सोमबार

‘पाकिस्तानमा पनि अब अमेरिकी सेनाको बसाइ सीमित’

 पाकिस्तानले अमेरिकी सेना लामो समयसम्म नबस्ने प्रष्ट्याएको छ । अफगानिस्तानबाट फर्केको अमेरिकी सेना सीमित अवधिका लागि मात्रै बस्ने उसले प्रष्ट्याएको हो ।
पाकिस्तानको इस्लामाबाद विमानस्थलमा अमेरिकी सेना अवतरण गरेको तस्विर सार्वजनिक भएपछि आन्तरिक मामिला मन्त्री शेष राशिद अहमदले अमेरिकी सेनाको उपस्थिति अल्पकालीन मात्रै रहेको प्रष्ट्याउनुभएको हो । द हिन्दूका अनुसार डान समाचारसँग कुराकानी गर्नुहुँदै मन्त्री अहमदले अफगानिस्तानबाट फर्केका अमेरिकी सेना ट्रान्जिट भिसामा इस्लामाबाद बस्ने बताउनुभयो ।

No description available.

ट्रान्जिट भिसाको अवधि २१ देखि ३० दिन छ ।स्रोतका अनुसार दुई हजार १९२ जना तोर्खाम सीमा भएर प्रवेश गरेको र एक हजार ६२७ जना विमानबाट इस्लामाबादमा अवतरण गरेका हुन् । केही सङ्ख्यामा चमन सीमा भएर आएको मन्त्री अहमदले बताउनुभएको छ ।


उहाँले अफगानिस्तानबाट बहिर्गमनको क्रममा केही समयका लागि ‘होल्ड’ मात्रै गर्न लागेको बताउनुभयो । इस्लामाबादमा पर्खिने सबैको खर्च बहिर्गमन प्रक्रियामा सहभागी राष्ट्रले खर्चिने आन्तरिक मामिला मन्त्री अहमदले बताउनुभयो ।अफगानिस्ताबाट बाहिरिने क्रममा अमेरिकाले कतार, यूएई लगायत अन्य राष्ट्रको विमानस्थल प्रयोग गर्दै बाहिरिएकालाई सीमित अवधिका लागि राख्दै आएको छ ।

शीर्ष समाचार

धेरै पढिएको