March 29, 2024, Friday
२०८० चैत्र १६, शुक्रबार

अफगानिस्तान अब स्वतन्त्र र सार्वभौम भएको घोषणा

 तालिबानले अफगानिस्तान अब स्वतन्त्र र सार्वभौम राष्ट्र भएको घोषणा गरेको छ । दुई दशकपछि अमेरिकी सेनाको बहिर्गमनसँगै तालिबानले अफगानिस्तानलाई स्वतन्त्र र सार्वभौम घोषणा गरेको हो ।अमेरिकी सेना तथा अफगानको अन्तिम टुकडी काबुल विमानस्थलबाट बाहिरिएसँगै तालिबानले विमानस्थल कब्जामा लिँदा हवाई फायरिङ गरेर उत्सव मनाएको थियो ।

काबुल विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै तालिबानका प्रवक्ता जबिहुल्लाह मुजाहिदले भन्नुभयो, “अफगानिस्तान अब स्वतन्त्र र सार्वभौम भएकोमा हामीलाई कुनै शङ्का रहेन ।” “अमेरिका हारेको छ र अफगानको तर्फबाट हामीले बाँकी विश्वसँग राम्रो सम्बन्ध चाहेका छौं ।” उहाँले थप्नुभयो ।उहाँले अफगानको स्वतन्त्रता र इस्लामिक मूल्य मान्यताको रक्षा गरिने प्रतिबद्धता जनाउनुभयो ।