September 20, 2021, Monday
२०७८ आश्विन ४, सोमबार

काबुलमा हुनसक्ने सम्भावित आक्रमण टरेको अमेरिकी सैन्य अधिकारीहरुको दाबी

अफगानिस्तानमा अमेरिकाले गरेको ड्रोन आक्रमणबाट राजधानी काबुलमा हुनसक्ने अर्को सम्भावित आक्रमण टरेको अमेरिकी सैन्य अधिकारीहरुले बताएका छन् ।

गत साता काबुल विमानस्थल बाहिर इस्लामिक स्टेटसँग आवद्ध आइएस के समूहले आत्मघाती बम आक्रमण गर्दा १ सय ७० जनाको मृत्यु भएको थियो ।

विमानस्थललाई लक्षित गरी फेरि अर्को आक्रमण हुनसक्ने जानकारी पाएपछि अमेरिकाले ड्रोन आक्रमण गरी बिमानस्थल आक्रमणका मुख्य योजनाकार र सहयोगी मारिएको अमेरिकाले दाबी गरेको छ ।

विमानस्थलमा आक्रमणको आशंका बढेपछि नेटोसँग आवद्ध कतिपय मुलुकले आफ्नो नागरिक सहित काबुल विमानस्थल छोडेका थिए । साथै बेलायत, फ्रान्स लगायतका मुलुकले जारी उद्दार अभियानलाई पनि रोकेका छन् ।

अमेरिकाले भने ३१ अगस्ट सम्मै उद्दार कार्य जारी राख्ने जनाएको छ । अमेरिकाले १४ अगस्टयता १ लाख १० हजारको उद्दार गरिसकेको छ ।

शीर्ष समाचार

धेरै पढिएको