September 20, 2021, Monday
२०७८ आश्विन ४, सोमबार

यमनमा हुथी विद्रोहीको आक्रमणमा ३० जना सुरक्षाकर्मीको मृत्यु

यमनमा हुथी विद्रोहीको आक्रमणमा कम्तिमा ३० जना सुरक्षाकर्मीको मृत्यु भएको छ । आक्रमणमा कम्तिमा ६० जना घाइते भएका छन् । सऊदी अरब गठबन्धन नेतृत्वको सुरक्षाकर्मी बस्ने शिविरमा हुथी विद्रोहीले आक्रमण गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

यमनको दक्षिण सुरक्षाबलका एक जना प्रवक्ताले दक्षिणी यमनको लाहिज प्रान्तस्थित अल–अनद सैन्य शिविरमाथि हुथी विद्रोहीले आक्रमण गरेको बताउनुभएको छ ।

प्रवक्ता मोहम्मद अल–नकीबले हुथी विद्रोहीले ब्यालेष्टिक क्षेप्यास्त्रले आक्रमण गरेको बताउनुभएको हो । प्रशिक्षणस्थलमा बिहानको अभ्यास गरिरहेका सुरक्षाकर्मीमाथि एउटा क्षेप्यास्त्र प्रहार गरिएको हो । प्रवक्ता अल नकीबले भने मृतकको संख्या बढ्न सक्ने बताए । photo file

शीर्ष समाचार

धेरै पढिएको