September 20, 2021, Monday
२०७८ आश्विन ४, सोमबार

सर्वसाधारणलाई हातहतियार र गोला बारुद छिटो बुझाउन तालिबानको निर्देशन

काबुल, तालिबानले अफगान नागरिलाई सवारी साधन, हातहतियार, गोला बारुद बुझाउन छिटो निर्देशन दिएको छ । उसले हातहतियारसहित सरकारी सम्पत्ति जमा गर्न शनिबार सर्वसाधारणलाई निर्देशन दिएको हो ।

तालिबानका प्रवक्ता जबिहुल्लाह मुजाहिदले ट्वीटरमा एक निर्देशिका जारी गर्दै सो जानकारी दिएका हुन् ।

अफगानिस्तानको राजधानी काबुल शहरभित्र सवारीसाधन, हतियार, गोला बारुद वा अन्य सरकारी सम्पत्ती राखेकाले सम्बन्धित अधिकारीलाई बुझाउन निर्देशन दिइएको उल्लेख गरिएको छ । सो सामग्री बुझाउन एक साताको म्याद दिइएको छ ।

शीर्ष समाचार

धेरै पढिएको