September 27, 2021, Monday
२०७८ आश्विन ११, सोमबार

२४ देखि ३६ घण्टाभित्र काबुलमा अर्को आक्रमण हुनसक्ने बाइडेनको चेतावनी

काबुल, संयुक्त राज्य अमेरिकाको राष्ट्रपति जो बाइडेनले अफगानिस्तानको काबुल विमानस्थलमा अझै आतंकवादी हमला हुन सक्ने चेतावनी दिएका छन् । एक विज्ञप्तिमार्फत बाइडेनले २४ देखि ३६ घण्टाभित्रमा अर्को आक्रमण हुनसक्ने चेतावनी दिएका हुन् ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार वाइडेनले हाल काबुलको स्थिति खतराजनक रहेको र विमानस्थलमा हमलाको खतरा बढेको बताएका हुन् ।यसअघि पनि अमेरिकाले काबुल विमानस्थल बाहिर आक्रमण हुनसक्ने चेतावनी दिएको थियो ।

उनको चेतावनी लगतै काबुल विमानस्थलबाहिर दुई शक्तिशाली आत्मघाती बम विस्फोट भएको थियो । जसमा १७० जना अफगानी र १३ जना अमेरिकी सेनाको ज्यान गएको थियो ।

उक्त घटनापछि बाइडेनले आफ्ना नागरिकका साथै कैयौँ निर्दोषको ज्यान लिनेहरुमाथि कडा कारबाहीको चेतावनी समेत दिएका थिए ।

शनिबार बिहान मात्र अमेरिकाले अफगानिस्तानमा ड्रोन हमलाद्धारा उक्त हमलाको समूह आइएस आइएसको एक लडाकुको हत्या गरेको थियो ।

शीर्ष समाचार

धेरै पढिएको