September 27, 2021, Monday
२०७८ आश्विन ११, सोमबार

काबुल विमानस्थबारे अमेरिकाको यस्तो चेतावनी

काबुल, अफगानिस्तानमा रहेको अमेरिकी दूतावासले केही घण्टा अघि अमेरिकीहरुलाई काबुल विमानस्थलबाट टाढा रहन चेतावनी दिएको थियो ।

चेतावनीमा भनिएको छ कि ‘काबुल बिमानस्थलमा सुरक्षा जोखिमलाई ध्यानमा राखी, यो सल्लाह दिइन्छ कि अमेरिकी नागरिकहरु लाई हवाई अड्डातिर जान नदिनुहोस् र एयरपोर्ट गेटबाट टाढा रहनुहोस् । अमेरिकी नागरिक जो अभय गेट, पूर्वी गेट, उत्तरी गेट वा नयाँ मन्त्रालय गेटमा छन् तुरुन्तै छोड्नुपर्छ ।’

यसैगरी अफगानिस्तानमा रहेका अमेरिकी नागरिकहरुलाई स्थानीय मिडियामा आउने समाचारहरुमा नजर राख्न, स्थानीय प्रशासनको सुझाव पालन गर्न, एक आपतकालीन योजना तयार राख्न र सधैं सतर्क रहन निर्देशन दिइएको थियो ।

मानिसहरुलाई अमेरिकी विदेश विभागको ट्विटर र फेसबुक अफिसियल पेजहरु पछ्याउन र स्मार्ट यात्री नामांकन कार्यक्रममा भाग लिनको लागि अनुरोध गरिएको छ । यसो गर्नाले उनीहरु समयमै आवश्यक सूचना प्राप्त गर्न र उनीहरु समस्यामा परेमा जानकारी ट्र्याक गर्न सक्ने बताइएको छ ।एजेन्सी

शीर्ष समाचार

धेरै पढिएको