September 20, 2021, Monday
२०७८ आश्विन ४, सोमबार

अफगानिस्तानमा अमेरिकी ड्रोन आक्रमणमा आईएस-केका प्रमुख योजनाकारको मृत्यु

काबुल, पूर्वी अफगानिस्तानमा अमेरिकाले गरेको ड्रोन आक्रमणमा काबुल विमानस्थलमा भएको आत्मघाती बम विष्फोटका प्रमुख योजनाकार मारिएको छ ।

इस्लामिक स्टेट खुरासन (आईएस-के) लाई लक्षित गरिएको नान्गहार प्रान्तमा उक्त ड्रोन आक्रमण गरिएको अमेरिकी सेनाले जनाएको छ । आईएस-के आतंकवादी संगठन आईएसको खुरासन प्रान्तको एक भाग हो ।

यसअघि अमेरिकी राष्ट्रपति जो बाइडनले काबुल विमानस्थलमा भएको आक्रमणको मूल्य आईएस-केले चुकाउनुपर्ने चेतावनी दिदै आएका थिए । अमेरिकी सेनाले आईएस-केलाई लक्षित गरी गरिएको उक्त ड्रोन आक्रमणमा कुनै पनि सर्वसाधारणको मृत्यु नभएको बताएको छ ।

बिहीबार काबुलको विमानस्थल बाहिर भएको आत्मघाती बम विष्फोटको जिम्मेवारी आईएस-केले लिएको थियो भने सो आक्रमणमा १७० जनाको मृत्यु भएको थियो ।

जसमा १३ अमेरिकी सैनिक सामेल छन् । यो आक्रमणसँगै विभिन्न मुलुकले अफगानिस्तानबाट आफ्ना नागरिक उद्धारको कार्य रोकिसकेका छन् । एजेन्सी

शीर्ष समाचार

धेरै पढिएको