September 20, 2021, Monday
२०७८ आश्विन ४, सोमबार

कोरियाका विशेष प्रतिनिधि नोह क्यू–डुकले चार दिने अमेरिका भ्रमण गर्ने

११ भदौ: दक्षिण कोरियाका परमाणु दूतले कोरियाली प्रायद्वीपका मुद्दामा छलफल गर्न यस सप्ताहन्तमा वाशिङ्टनको भ्रमण गर्ने भएको छ । दक्षिण कोरियाली विदेश मन्त्रालयले शुक्रबार दिएको जानकारीअुनसार कोरियाली प्रायद्वीपमा शान्ति र सुरक्षा मामिलाका लागि दक्षिण कोरियाका विशेष प्रतिनिधि नोह क्यू–डुकले अमेरिकाको चार दिने भ्रमण गर्न लागेका हुन् ।

भ्रमणको क्रममा नोहले अमेरिकी विदेश विभाग र ह्वाइट हाउसका अधिकारीसँग परामर्श गर्नुहुने जनाइएको छ । उनी अमेरिकी विशेष प्रतिनिधि सुङ किमको निमन्त्रणामा आइतबारदेखि बुधबारसम्म वाशिङ्गटनको यात्रामा निस्कन लागेका हुन् ।

विषेश प्रतिनिधि नोहले अमेरिकी विदेश विभाग र ह्वाइट हाउसका अधिकारीसँग घनिष्ठ परामर्श जारी राख्ने अपेक्षा गरिएको छ ।

शीर्ष समाचार

धेरै पढिएको