September 20, 2021, Monday
२०७८ आश्विन ४, सोमबार

तालिबानले शान्तिपूर्ण तरिकाले अघि बढ्छाैं भनिरहदा विमानस्थलमा शक्तिशाली विष्पाेट,कैयौं मारिए

अफगानिस्तानको राजधानी काबुलस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा भएको शक्तिशाली विष्फोटमा कम्तिमा १३ जना अमेरिकी सेनाको मृत्यु भएको छ । विष्फोटमा ६० अफगानको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् भने यतिनै जनाकाे मृत्यु भएको भनेर पूरा अपडेटलभने आउन बाकी नै रहेको छ ।

अमेरिकाले आफ्नो १३ जना सेनाको मृत्यु भएको र अन्य दर्जनौं घाइते भएको पुष्टि गरेको छ । अगष्ट २०११ पछि अफगानिस्तानमा अमेरिकी सेना मारिएको यो दोस्रो सबैभन्दा ठूलो घटना हो । अमेरिकी हेलिकप्टर सन् २०११ मा लडाइदा कम्तिमा ३० जना सेनाको मृत्यु भएको थियो । घटनाका बावजूद अमेरिकी सेन्ट्रल कमाण्डका केन्नेथ म्याकैन्जीले अफगानिस्तान मिसन जारी रहने र कागजात तयार रहेको अफगानसँगै अमेरिकी कुटनीतिज्ञ बर्हिगमन प्रकृयाले निरन्तरता पाउने बताउनुभएको छ ।

काबुल विमानस्थलमा हाल पाँच हजार ८०० अमेरिकी सेना परिचालन गरिएको छ । म्याकैन्जीका अनुसार विमानस्थलको अबै प्रवेशद्वारमा सेनाले अफगान नागरिकको सुरक्षा जाँच गरिरहँदा आत्मघाती विष्फोट भएको हो । दोस्रो विष्फोट बेलायती नागरिक बसेको बेरोन होटेल अगाडि भएको हो । सन् २००१ मा अलकायदा आक्रमणपछि अफगानिस्तान प्रबेश गरे यता दुई दशकको अबधिमा दुई हजार २१८ अमेरिकी सेनाले अफगानिस्तानमा ज्यान गुमाएका छन् ।

अफगान द्वन्दमा हालसम्म ७१ ह्जार अफगान र ६६ हजार अफगान सुरक्षाकर्मीको मृत्यु भइसकृेको छ । विष्फोटको जिम्मा अफगानिस्तानमा सक्रिय आईएसआईएसले लिएको छ । तालिवानहरले शान्ति हुन्छ भनेर पत्रकार सम्मेलन गरे पनि काबुलकाे अन्तर्राष्ट्रिय विमानस्थलमा बम विस्पाेट हुनुले त्रास फैलिरहेकाे छ ।