September 20, 2021, Monday
२०७८ आश्विन ४, सोमबार

‘काबुल विमानस्थलमा घातक आक्रमणको सम्भावना’

काठमाडौं, भदौ १० गते । अफगानिस्तानको राजधानी काबुलस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा घातक आतङ्ककारी आक्रमण हुनसक्ने अनुमान गरिएको छ । बेलायतको सशस्त्र बल मन्त्री जेम्स हिप्पेले विश्वस्त स्रोतका अनुसार केही समयमै काबुल विमानस्थलमा आक्रमणको जोखिम रहेको बताउनुभएको छ ।

बेलायती विदेश नियोगले बुधबार राति काबुल विमानस्थल वरिपरि रहेकालाई सुरक्षित स्थानमा जान नयाँ निर्देशिका जारी गर्दै अर्को सुझाब आउञ्जेल पर्खिन आग्रह गरेको छ । अमेरिकाले तालिबानसँग गरेको सम्झौता बमोजिम अगष्ट ३१ सम्म सबै अमेरिकीसहित अफगानिस्तान छोड्न चाहने अफगानलाई ल्याइसक्नुपर्ने सीमा तोकिएको छ । उहाँले बेलायतसहित अन्य राष्ट्रका सेनाले उद्धारका लागि नपर्खिने बताउनुभएको हो ।

काबुल विमानस्थलमा हाल पाँच हजार आठ सय अमेरिकी र एक हजार बेलायती सेना परिचालन गरिएका छन् । अमेरिका, अष्ट्रेलियालगायतका राष्ट्रले समेत बाहिर सुरक्षा जोखिम रहेको बताउँदै विमानस्थल आइपुगेकालाई विमानस्थल नछोड्न आग्रह गरेको छ ।

शीर्ष समाचार

धेरै पढिएको