September 20, 2021, Monday
२०७८ आश्विन ४, सोमबार

काबुलको उद्वार कार्य समय सीमाभित्रै सक्नुपर्छ: अमेरिकी राष्ट्रपति बाइडेन 

काबुल, अमेरिकी राष्ट्रपति जो बाइडेनले करिब दुई हप्तादेखि अफगानिस्तानमा जारी रहेको आफ्ना र अन्य नेटो गठबन्धन राष्ट्रका नागरिकको उद्धारकार्यलाई समय सीमाभित्रै सक्नुपर्ने बताएका छन् ।

सोही बमोजिम अमेरिकाले काम गरिरहेको पनि उनले जानकारी दिएका छन् । उनले मङ्गलवारको एक सम्बोधनमा सो कुरा बताएका हुन् ।

अमेरिकाले एक्लै र उसका नेटो गठबन्धन देशले पनि यस कार्यलाई निरन्तरता दिएको र आगामी अगष्ट ३१ को समय सीमाभित्र सम्पन्न भइसक्ने आफ्नो विश्वास रहेको पनि उनले दोहोर्‍याएका छन् ।

आवश्यक परेमा उडानको सङ्ख्यामा वृद्धि गरिएको जानकारी उनले दिए । उनले भने, आवश्यकताको आधारमा पछिल्ला केही दिनमा उडानको सङ्ख्या थपिएको छ र आवश्यक कागजपत्र भएका सबै मानिस अफगानिस्तानबाट बाहिरिन पाउने छन् ।

शीर्ष समाचार

धेरै पढिएको