
काबुल, अफगानिस्तानबाट आउने त्रासदीपूर्ण तस्बिरहरुले सारा संसारलाई जस्तै एशियामा लाखौं मानिसहरुलाई स्तब्ध बनाएको छ । अधिकांश मानिसहरुले यो प्रश्न सोधिरहेका छन्, के अमेरिकालाई अझै पनी बिश्वास गर्न सकिन्छ?
तालिबान लडाकुहरुको अगाडि काबुल पतन भएको एक हप्ता पछि संयुक्त राज्य अमेरिकाका उपराष्ट्रपति कमला ह्यारिस आइतबार सिंगापुर पुगिन् । सिंगापुर कमलाको एशियाको तूफानी यात्रामा पहिलो कदम थियो ।
‘अमेरिकाको प्राथमिकताको शीर्षमा एशिया छ’ भन्दै कमला हैरिसले यहाँको चिन्ता हटाउने प्रयाससमेत गरेकी छिन् । तर के एशियामा रहेका अफगानीहरुको स्थिति कोबारेमा अमेरिका चिन्तित छ र के यो पर्याप्त छ?
के अमेरिकाले यस संकटको फाइदा उठाउने चिनियाँ प्रयासलाई रोक्न सक्छ, जसलाई कोही अमेरिका विरोधी प्रचारको लागि सुनौलो अवसर भन्छन् ?
सोमबार, सिंगापुरका प्रधानमन्त्री ली सेन लुङ्गले चेतावनी दिए, “यस क्षेत्रका धेरै मानिसहरु अफगानिस्तानको पतनको बारेमा अमेरिकाको आफ्नो धारणा कसरी परिवर्तन गरीरहेछन्। एसियाका दुई सबैभन्दा शक्तिशाली क्षेत्रीय सहयोगीहरु, दक्षिण कोरिया र जापान, अफगानिस्तानको बारेमा आत्मविश्वास बरकरार देखिन्छ, तर केहि क्षेत्रहरुबाट विचलित कानाफूसी सुनिन्छ।”
उनले थपे,”तर केही रूढिवादी मानिसहरु भन्छन कि सेनाहरु तयार रहनु पर्छ । युद्धको स्थितिमा, अमेरिकी सहयोगको प्रतिज्ञ मा अस्वीकार गर्न सकिदैन। दुबै देशहरुमा हजारौं अमेरिकी सैनिकहरु तैनाथ छन्। तर पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ‘अमेरिका पहिलो विदेश नीति’ को बारेमा दुबै देशहरुमा एक प्रकारको असहज भावना थियो।”
यसैगरी गत साता एबीसी न्यूजलाई दिएको एक अन्तर्वार्तामा राष्ट्रपति जो बाइडेनले जोड दिए कि अफगानिस्तान र यसका सहयोगीहरु जस्तै दक्षिण कोरिया, जापान र ताइवानबिच “मौलिक भिन्नता” छ। उनले भने कि ‘यो तुलना गर्न सकिदैन’।
विशेषज्ञहरु सहमत छन् कि अफगानिस्तानको तुलना एशियामा धेरै विकसित स्थानहरुसंग गर्न सकिदैन। उनीहरुको आफ्नै सैन्य स्रोत छ र बलियो सरकारहरु द्वारा शासित छन् । एशियाली देशहरुको लोकतान्त्रिक मूल्यहरु अमेरिकाको समान छन् र त्यहाँ दुईबीच राम्रो व्यापार छ, त्यहाँ सैन्य साझेदारी पनि छ ।
केही विश्लेषकहरूले यो पनि औंल्याएका छन् कि दक्षिण कोरिया एसियामा अमेरिकाको सैन्य रणनीतिको आधारशिला हो र त्यहाँ अमेरिकाले आउँदो समयमा त्यहाँबाट आफ्नो सेना फिर्ता लिन सक्ने सम्भावना कम छ ।एजेन्सी






