
काठमाडौं, अफगानिस्तानमा तालिबान शासनको बारेमा पाकिस्तानले न्यानोपन देखाए पनि सत्ता परिवर्तन भएपछि एउटा विषयमा चिन्तित पनि छ । यहीँ सन्दर्भमा पाकिस्तानका आन्तरिक मन्त्री शेख रशीद अहमदले सोमबार उनको सरकार यस सम्बन्धमा अफगान तालिबानसंग सम्पर्कमा रहेको बताएको छ ।
पाकिस्तान सरकार को चिन्ता ‘तेहरिक-ए-तालिबान पाकिस्तान’ अर्थात “टीटीपी”को बारेमा छ । टीटीपी एउट संगठन हो जसले पाकिस्तानमा चरमपन्थी धेरै घटनाहरु गराएको आरोप छ । यसलाई पाकिस्तानी तालिबान पनि मानिन्छ भने यो संगठन पाकिस्तान-अफगानिस्तानको सीमा क्षेत्रमा सक्रिय छ ।
टीटीपी चरमपन्थीहरुले पाकिस्तानमा हमलाको लागि अफगान भुमि उपयोग गर्ने गरेको दाबी छ । जुलाईमा संयुक्त राष्ट्रको एक रिपोर्ट अनुसार, तेहरिक-ए-तालिबान पाकिस्तान अफगानिस्तान मा करिब ६ हजार भन्दा बढी प्रशिक्षित लडाकुहरु छन् । यसैगरी टीटीपीको अफगान तालिबानसँग निकट सम्बन्ध रहेको बताइएको छ ।
पाकिस्तानी सञ्चारमाध्यमहरुका अनुसार तालिबानले काबुलको नियन्त्रण लिएपछि अफगानिस्तानमा ‘तेहरिक-ए-तालिबान पाकिस्तान’ का धेरै लडाकुहरु रिहा भएका छन् ।
पाकिस्तानका आन्तरिक मन्त्री शेख रशीद अहमदले भने कि इमरान खान सरकारले अफगान तालिबानलाई यस सम्बन्धमा सम्पर्क गरेको छ र तालिबानले आश्वासन दिएको छ कि उनी टीटीपी चरमपन्थीहरुलाई पाकिस्तानको बिरुद्ध अफगानिस्तानको भूमि प्रयोग गर्न
दिने छैन ।






