
काबुल, अमेरिकाले गएको चौबीस घण्टामा दश हजार जनालाई काबुलबाट बाहिर निकालेको छ । अमेरिकाको सहयोगी ६१ गठबन्धनले करिब छ हजार जनालाई काबुल विमानस्थलबाट उद्धार गरेको हो ।
अमेरिकी राष्ट्रपतिको कार्यालय व्हाइट हाउसले सोमबार गरेको पत्रकार भेटघाटमा चौबीस घण्टाभित्र आइतबार करिब दश हजार चार सय जनालाई अमेरिकी विमानले र पाँच हजार नौ सय गठबन्धन राष्ट्रको विमानले उद्धार गरेको जनाएको छ ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार अगष्ट १४ यता अमेरिकाले काबुलबाट ३७ हजार जनालाई उद्धार गरेको छ ।






