
काठमाडौं, भदौ ७ गते । अमेरिकाको टेनुसीमा गएको बाढीको प्रकोपमा कम्तिमा २० जनाको मृत्यु भएको छ । ५० जना अझै बेपत्ता रहेको अमेरिकी अधिकारीहरुले जनाएका छन् । हम्फ्रेजका काउन्टि शेरिफ क्रिस डेभिसका अनुसार बाढीको प्रकोपमा २१ जनाको मृत्यु भएको छ ।
मृत्यु भएकामा कतिपय बालबालिका र नवजात शिशु पनि छन् । शेरिफ डेभिसले दुइ जना सात महिनो जुम्ल्याहाको समेत बाढीको प्रकोपमा मृत्यु भएको हो । बाढीले टेनुसी जोड्ने राजमार्ग बगाएको छ ।
हम्फ्रीज काउन्टि बाढीले सबैभन्दा बढी प्रभाबित भएको छ । अधिकांश घरको छानासम्म वर्षाको पानी पुगेको छ । चार हजार घरमा विद्युत आपूर्ति कटौती गरिएको छ ।






