
काबुल, अफगानिस्तानको काबुल विमानस्थलबाहिर ७ जनाको मृत्यु भएको छ । सो मृत्यु प्रकरणबारे कारण भने खुलाइएको छैन ।
बेलयती रक्षा मन्त्रालयका अनुसार हाल काबुल विमानस्थलमा अमेरिकी सेनाको सुरक्षा दिइरहेको छ । अफगानिस्तानमा अमेरिकी सेनाको उपस्थिती रहेको यो एकमात्रै ठाउँ हो ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार संयुक्त राज्य अमेरिकी राष्ट्रपति जो बाइडेनले यसअघि ३१ अगस्टसम्म सबै सैनिकलाई अफगानिस्तानबाट बाहिर निकाल्ने निर्णय लिएका थिए ।
यस अवधिमा सबै विदेशी नागरिकलाई अफगानिस्तानबाट फर्काउन नसकिने अन्य देशहरुले जनाएका छन् । उनीहरुले समयसीमा बढाउन पनि बाइडेनलाई दबाब दिइरहेका छन् ।
यसैगरी बेलायती रक्षामन्त्री वालेसले सबै विदेशी नागरिकलाई यसै महिनाको अन्त्यमा निकाल्न संभव नहुने प्रक्रिया दिएका छन् । उनले कुनै पनि देशले यस्तो गर्न नसक्ने बताए ।एजेन्सी






