
सिड्नी, अष्ट्रेलियामा लकडाउन विरुद्धमा प्रदर्शन भएको छ । प्रदर्शनमा उत्रिएका हजारौँ मानिसलाई पक्राउ गरिएको छ । देशको सबैभन्दा धेरै जनसङ्ख्या रहेको शहर सिड्नीबाट प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार प्रदर्शनका क्रममा लकडाउन विरोधी प्रदर्शनकारी र प्रहरीका बीचमा झडपसमेत भएको थियो । दैनिक सङ्क्रमितको सङ्ख्या बढीरहेको भन्दै चिन्ता व्यक्त गरिएको छ ।
न्यु साउथ वेल्स प्रदेश सरकारले सिड्नी र त्यस आसपासको क्षेत्रमा आगामी सेप्टेम्बर महिनासम्म लकडाउन लागु गर्ने निर्णय गरिसकेको छ ।
कोरोना महामारी नियन्त्रणमा आइनसकेकाले लकडाउनलाई निरन्तरता दिनु आवश्यक रहेको ठहर गर्दै अधिकारीले लकडाउनको म्याद थप गर्ने निर्णय गरेका हुन । यस क्षेत्रमा लामो समयदेखि लकडाउन जारी छ ।
सिड्नीको बृहत क्षेत्र र आसपासका क्षेत्रमा लागु गरिएको लकडाउन यही अगस्ट २८ मा सकिन लागेको छ । तर सरकारको नयाँ निर्णयले अहिले लकडाउन अन्त्य नभएर फेरि एक महिना लम्बिने भएको छ ।एजेन्सी






