
काबुल, अफगानिस्तानको राजधानी काबुलमा तालिबानले कब्जा गरेलगत्तै विदेश भागेका राष्ट्रपति अशरफ घानीका भाइ हशमत घानी तालिबानी संगठनमा प्रवेश गरेका छन् ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार तालिबान नेता खलील–उर रहमान र धार्मिक नेता मुफ्ती महमूद जाकिरसामु हशमतले तालिबान प्रवेश गरेको घोषणा गरेका हुन् ।
उनका दाइ पूर्व राष्ट्रपति अशरफ घानी देश छाडेर यूएईमा शरण लिन पुगेका छन् भने यूएईले उनलाई मानवीय आधारमा शरण दिएको जनाएको छ । उनी अफगानिस्तानबाट पैसा समेत लिएर भागेको आरोप छ । तर उनले यी आरोप अस्वीकार गरेका छन ।






