
काठमाडौं, यस हप्ताको शुरुमा उत्तरी बुर्किना फासोमा नागरिकको सुरक्षा गर्ने सैन्य काफिलोमा जिहादी हमलामा परि मृत्यु हुनेको संख्या ८० पुगेको छ ।
अधिकारीहरुका अनुसार पीडितमध्ये करिब ६० जना सर्वसाधारण रहेका थिए भने अन्य सैनिक र सरकार समर्थक मिलिशियाका सदस्य थिए । यो हमला बुर्किना फासोको साहेल क्षेत्रमा भएको पछिल्लो आक्रमण हो । जहाँ अल कायदा र इस्लामिक स्टेट समूहसँग जोडिएको मिलिशिया नाइजर र मालीसँग सीमाहरुमा काम गर्दछ ।
आक्रमणकारीहरुले काफिलामा आक्रमण गरेर ‘मुक्त सीमा’ को रूपमा परिचित क्षेत्रमा गोली चलाएका थिए । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार मारिएकाहरु मध्ये केहि अघिल्लो हमलाका शिकार थिए जो घर फर्कन खोज्दै थिए ।एजेन्सी






