
क्वालालम्पुर, पूर्व उपप्रधानमन्त्री इस्माइली सब्री याकूब मलेसियाको प्रधानमन्त्री नियुक्त हुनुभएको छ । शुक्रबार मलेसियाका राजा सुल्तान अब्दुल्लाह सुल्तान अहमद शाहले उनलाई प्रधानमन्त्री नियुक्त गरेका हुन् ।
६१ वर्षीय सब्री ‘यूनाइटेड मलेसिया नेशनल अर्गनाइजेशन’का वरिष्ठ सदस्य रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएको छ । गत् सोमबार बहुमत गुमाएपछि प्रधानमन्त्री मुहिद्दीन यास्सीनले प्रधानमन्त्री पदबाट राजिनामा गर्नुभएको थियो ।






