
काठमाडौं, उत्तरी बुर्किनाफासोमा विद्रोही समूहको आक्रमणमा कम्तीमा ४७ जनाको मृत्यु भएको छ । आक्रमणमा ३० जना सर्वसाधारण रहेका छन् भने मृतकमध्ये १४ जना प्रहरी, तीन जना सरकार समर्थक लडाकू रहेको छ ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार सेनाले १६ जना विद्रोही मारिएको छ । अलकायदा र आईएसआईएलसँग सम्बन्धित लडाकू सङ्गठनले बुर्किना फासो, माली र नाइजरमा सयौं सर्वसाधारणको हत्या गरेको छ ।
यसैगरी हतियारधारी समूहको आक्रमणमा गत् साता मात्रै उत्तर पश्चिमी बुर्किना फासोमा कम्तीमा १२ जना सिपाहीको मृत्यु भएको थियो । ३० जना सर्वसाधारण मारिएका थिए ।






